भक्तपुरका एक संक्रमित भीम रावलका सुरक्षा गार्ड
SamacharDesk – विकाश | २०७७ बैशाख ३१, बुधबार

भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना नेकपा सांसद भीम रावलका सुरक्षा गार्ड रहेको खुलेको छ ।
हिजो संक्रमण पुष्टि भएका भक्तपुरका २७ वर्षीय युवक नेता रावल गृहमन्त्री हुँदा उनको सुरक्षा टोलिका सदस्य रहेको खुलेको हो ।
उक्त युवक एक महिना अघिसम्म पनि नेता भीम रावलको सुरक्षामा खटिएको बताइएको छ ।
उनी एक महिना अघि देखि आफ्नो सम्पर्कमा नभएको नेता रावलले भनेका छन् । घरमा श्रीमती बिरामी परेको जानकारी गराइ छुट्टीमा गएको रावलको भनाई छ ।
संसद सुरू हुनु गरिएको स्वाब परीक्षणमा नेता रावल लगायत सबैको परीक्षणको नतिजा भने नेगेटिभ आइसकेको छ ।
भक्तपुरमा भेटिएका ती २७ वर्षीय पुरुष सशस्त्र प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् ।
रामेछाप घर भएका सशस्त्र प्रहरीका सुरक्षाकर्मी अस्थायी रुपमा दुवाकोटमा बस्दै आएका थिए । दुवाकोटमा रहेको व्यक्तिलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खुलिसकेको छैन ।
उनको ट्राभल हिस्ट्री लिनुका साथै कन्ट्याक्ट ट्रेसिङ गर्ने काम शुरु भइसकेको बताइएको छ ।
हिजो मात्रै भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
दुवैलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ ।
Categorized in राष्ट्रिय