arin enterprises

वीरगञ्जमा कोरोना संक्रमित वृद्धाको मृत्यु

SamacharDesk – विकाश | २०७७ श्रावण ९, शुक्रबार

वीरगञ्जमा ८५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । 

नारायणी अस्पतालमा उपचाररत वृद्धाको आज बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पर्सा जिल्ला बीरगंज महानगरपालिका ११ श्रीपुर रानीघाटकी वृद्धा केही दिनअघि निमोनियाको समस्याका कारण वीरगञ्जस्थित एडभान्स अस्पताल भर्ना भएकी थिइन् । 

कोरोनाको आशंकामा स्वाब नमूना संकलन गरी परिक्षण गरिँदा उनमा गत श्रावण ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई बिहीबार नारायणी अस्पताल लगिएको थियो ।

सोही अस्पतालमा उपचारको क्रममा आज विहान ६ः४५ बजे उनको मृत्यु भएको हो ।

मृतक वृद्धा मुटु रोगी रहेको बताइएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

Categorized in समाज