काठमाडौं उपत्यकामै धमाधम संक्रमित भेटिँदै
SamacharDesk – विकाश | २०७७ आषाढ १७, बुधबार

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र दिनहुँ जसो संक्रमितहरु भेटिइरहेका छन् । आज पनि काठमाडौं उपत्यकाभित्रका ३ शहरमा १७ जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ५ महिला र ५ पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी भक्तपुरमा एक महिला र एक पुरुष अनि ललितपुरमा ३ महिला र २ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घन्टामा देशका २३ वटा प्रयोगशालामा जम्मा ४ हजार ८ सय ८६ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ४१ वटा जिल्लामा ४ सय ८२ जनामा संक्रमण देखिएको छ ।
सबैभन्दा बढि अछाम जिल्लामा संक्रमित भेटिएका छन् । विभिन्न ३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा अछाममा २५ महिला र एक सय एक पुरुष गरी एक सय २६ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी बाजुरामा ४३, महोत्तरीमा ३६, कैलालीमा २७, सुर्खेतमा २२, धनुषा र झापामा २१/२१ जनामा संक्रमण देखिएको छ ।
बझाङ र डोटीमा १८/१८ जना, सल्यानमा १५, चितवनमा १२, नवलपरासी पूर्व, बाँके र बर्दियामा ११/११ जना, कन्चनपुर, लमजुङमा १०/१० जना संक्रमित देखिएका छन् ।
स्याङ्जा र गुल्मीमा ८/८ जना, मोरङ, गोरखा, बागलुङ, कास्कीमा ३/३ जना, सिराहा, इलाम, पाल्पा, दैलेख, कालिकोट, दाङमा २/२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुनसरी, ताप्लेजुङ, पर्सा, पर्वत, बारा, तनहुँ, अर्घाखाँची, नवलपरासी, जुम्ला र वैतडीमा एक एक जना संक्रमित भेटिएका छन् ।
आज प्रदेश एकमा २८ जनामा संक्रमण देखिएसँगै यहाँको कुल संक्रमित संख्या ६ सय २३ पुगेको छ भने प्रदेश २ मा आज ६२ जनासँगै ३ हजार ८ सय ५६ संक्रमित पुगेका छन् ।
आजको ३० जना गरी वागमतीमा ४ सय ५८ संक्रमित हुँदा गण्डकीमा आज ४१ जना थपिँदा एक हजार ५८ पुगेको छ ।
त्यसैगरी प्रदेश ५ मा ३ हजार ८ सय ४३ मध्ये ३६ जनामा, कर्णाली प्रदेशका एक हजार ५ सय ८ मध्ये ४२ जनामा र सुदुरपश्चिम प्रदेशका २७ सय मध्ये २ सय ४३ जनामा आज संक्रमण पुष्टि भएको हो ।
Categorized in राष्ट्रिय