घट्दै गयो स्वाब नमूना परिक्षण
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २७, शनिबार

नेपालमा पछिल्लो समयमा कोभिड १९ को संक्रमण पहिचानको लागि भइरहेको आरटि पिसिआर परिक्षणको संख्या दिनहुँ घट्दै गइरहेको छ ।
केही समय अगाडीसम्म दैनिक १८ हजार परिक्षणको क्षमता बनाएको दावी गरेको नेपाल सरकारले दशैं तिहारसँगै घटेको परिक्षण संख्या अझै पनि बढाउन सकेको छैन ।
पछिल्ला दिनहरुमा ६ हजारको हाराहारीमा मात्र स्वाब नमूनाको परिक्षण भइरहेको छ । यसै सन्दर्भमा पछिल्लो २४ घन्टामा त मात्र ५ हजार २ सय ४२ वटा नमूनाको मात्र परिक्षण भएको छ ।
पछिल्लो परिक्षणसँगै आजसम्म १८ लाख २५ हजार ८ सय ६० स्वाब नमूनाको पिसिआर परिक्षण भएको छ ।
पछिल्लो २४ घन्टाको तथ्याङ्क
नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ९९ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ३ सय ५२ जना छन् भने पुरुषको संख्या ५ सय ४७ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।
पछिल्लो पटक एक हजार ३ सय ५९ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६ सय ८९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ सय १९ जना रहेको छ ।
सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ जना रहेका छन् । तीमध्ये ६ हजार ९ सय ३२ जना होम आइसोलेसनमा छन् भने ४ हजार ७ सय ४१ जना संस्थागत आइसोलेसनमा छन् ।
२ सय ६२ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ४१ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३३, प्रदेश २ मा ६, वागमती प्रदेशमा ७०, गण्डकी प्रदेशमा ९१, लुम्बिनी प्रदेशमा ४८, कर्णाली प्रदेशमा ७ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ७, प्रदेश २ मा २, वागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ३ कर्णाली प्रदेश ४ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ४१ जना भेन्टिलेटरमा छन् ।
हाल मनाङ जिल्ला मात्रै संक्रमण शुन्य रहेको छ । काठमाडौं, ललितपुर र कास्कीमा ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् ।
Categorized in राष्ट्रिय