कुल संक्रमितमा ५३.६१ प्रतिशत काठमाडौं उपत्यकामा
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २७, शनिबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८२ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ९६ जना छन् भने पुरुषको संख्या २ सय ८६ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ३ सय ८१ जना छन् भने ललितपुरबाट ६९ र भक्तपुरबाट ३२ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा ५ हजार ५ सय ६० जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १५ हजार ४ सय ३२ जना पुगेको छ । हालसम्म काठमाडौंमा ९२ हजार ६ सय ८८ जना संक्रमित भइसके भने ललितपुरमा १४ हजार ३ सय १७ र भक्तपुरमा ८ हजार ४ सय २७ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ८ हजार ९ सय ३२ जनाले कोरोनालाई जितिसके भने ६ सय ७० जनाको मृत्यु भइसक्यो ।
जिल्लाहरुमा नयाँ संक्रमित संख्या
प्रदेशहरुको अवस्था
पछिल्लो परिक्षणमा कुल संक्रमितको ५९.५१ प्रतिशत संक्रमित वागमती प्रदेशबाट रहेका छन् ।
नयाँ संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ५ सय ३५ जना र कर्णाली प्रदेशमा ८ जना रहेका छन् ।
अन्य प्रदेशहरुमा गण्डकीमा एक सय १८, लुम्बिनीमा एक सय ५, प्रदेश एकमा ६८, सुदुरपश्चिम प्रदेशमा ४७, प्रदेश २ मा १८ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय