कोरोना निको हुनेको दर ९५ प्रतिशतको नजिक
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २९, सोमबार

नेपालमा पछिल्लो समयमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुने दर बढ्दै गएको देखिन्छ । आजसम्मको तथ्याङ्कलाई हेर्ने हो भने संक्रमण निको हुनेको दर ९५ प्रतिशतको नजिक पुगेको छ ।
हालसम्म कुल संक्रमितमध्ये ९४ दशमलव ९ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
आजसम्म २ लाख ४९ हजार २ सय ४४ जना संक्रमितमध्ये २ लाख ३६ हजार ५ सय ७३ जना संक्रमितले कोरोनालाई हराएका छन् ।
पछिल्लो २४ घन्टामा ८ सय ४२ जना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घन्टाको तथ्याङ्क
नेपालमा पछिल्लो २४ घन्टामा ८ सय २१ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ३ सय १७ जना छन् भने पुरुषको संख्या ५ सय ४ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ७ सय १६ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आजसम्ममा १८ लाख ३६ हजार ४ सय ६४ वटा नमूनाको पिसिआर परिक्षण भएको छ । पछिल्लो पटक ५ हजार ४ सय २३ जनाको नमूना परिक्षण गरिएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ४ सय ७१ जना रहेको छ ।
सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ५५ जना रहेका छन् । तीमध्ये ७ हजार ३ सय ४० जना होम आइसोलेसनमा छन् भने ३ हजार ६ सय १५ जना संस्थागत आइसोलेसनमा छन् ।
२ सय ७३ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५४ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३५, प्रदेश २ मा ८, वागमती प्रदेशमा एक सय ९, गण्डकी प्रदेशमा ७१, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा १० जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ३, प्रदेश २ मा एक, वागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ३, कर्णाली प्रदेश ४ र सुदुरपश्चिम प्रदेशमा ३ जना गरी ५४ जना भेन्टिलेटरमा छन् ।
हाल मनाङ जिल्ला मात्रै संक्रमण शुन्य रहेको छ । काठमाडौं, ललितपुर र कास्कीमा ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् ।
Categorized in राष्ट्रिय