काठमाडौं उपत्यकामा संक्रमित संख्या घट्दै
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २९, सोमबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ३३ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ४२ जना छन् भने पुरुषको संख्या एक सय ९१ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय ४६ जना छन् भने ललितपुरबाट ५३ र भक्तपुरबाट ३४ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा ५ हजार ६ सय ६७ जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १६ हजार एक सय १३ जना पुगेको छ ।
हालसम्म काठमाडौंमा ९३ हजार एक सय ९२ जना संक्रमित भइसके भने ललितपुरमा १४ हजार ४ सय ३५ र भक्तपुरमा ८ हजार ४ सय ८६ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ९ हजार ७ सय ६१ जनाले कोरोनालाई जितिसके भने ६ सय ७७ जनाको मृत्यु भइसक्यो ।
जिल्लाहरुमा नयाँ संक्रमित संख्या
प्रदेशहरुको पछिल्लो विवरण
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये ४७ दशमलव ९९ प्रतिशत संक्रमित वागमती प्रदेशमा रहेका छन् ।
नयाँ संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ३ सय ९४३ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ५ जना रहेका छन् ।
अन्य प्रदेशहरुमा प्रदेश एकमा एक सय ३४, लुम्बिनी प्रदेशमा एक सय ३, गण्डकी प्रदेशमा ९५, सुदुरपश्चिम प्रदेशमा ७५, प्रदेश २ मा १५ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय