कोरोना निको हुनेको दर ९५ प्रतिशत नाघ्यो
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९५ प्रतिशत नाघेको छ ।
हिजोसम्म कोरोना संक्रमण निको हुनेको दर ९४ दशमलव ९ प्रतिशमा थियो भने आज ९५ दशमलव ३ प्रतिशत पुगेको छ ।
आजसम्ममा २ लाख ५० हजार एक सय ८० जनालाई कोभिड १९ संक्रमण भइसकेको छ भने तीमध्ये २ लाख ३८ हजार ५ सय ६९ जना संक्रमितले कोरोनालाई हराएका छन् ।
पछिल्लो २४ घन्टामा एक हजार ९ सय ९६ जना संक्रमित निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा ९ सय ३६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ३ सय ५१ जना छन् भने पुरुषको संख्या ५ सय ८५ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ७ सय ३० पुगेको छ । पछिल्लो २४ घन्टामा थप १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल कुल संक्रमितमध्ये ३ दशमलव ९५ प्रतिशत मात्र सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
पछिल्लो विवरण अनुसार सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ रहेको छ । तीमध्ये ६ हजार एक सय ३ जना होम आइसोलेसनमा छन् भने ३ हजार ७ सय ७८ जना संस्थागत आइसोलेसनमा छन् ।
क्वारेन्टीनमा रहनेको संख्या ४ सय ५७ जना रहेको छ ।
पछिल्लो २४ घन्टामा ७ हजार एक सय १७ नमूनाको आरटि पिसिआर परिक्षण गरिएको छ । आजसम्ममा १८ लाख ४३ हजार ५ सय ८१ वटा नमूनाको पिसिआर परिक्षण भएको छ ।
३ सय २१ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ४८ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३७, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय २७, गण्डकी प्रदेशमा ९७, लुम्बिनी प्रदेशमा ३८, कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा एक, प्रदेश २ मा २, वागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा ८, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेश ४ र सुदुरपश्चिम प्रदेशमा ३ जना गरी ४८ जना भेन्टिलेटरमा छन् ।
हाल मनाङ जिल्ला मात्रै संक्रमण शुन्य रहेको छ । काठमाडौं, ललितपुर र कास्कीमा ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् ।
Categorized in राष्ट्रिय