arin enterprises

नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५५ प्रतिशतभन्दा माथि

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ४ सय ३८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ७४ जना छन् भने पुरुषको संख्या २ सय ६४ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ३ सय १० जना छन् भने ललितपुरबाट ८६ र भक्तपुरबाट ४२ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ५ हजार ३ सय ९३ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १६ हजार ५ सय ५१ जना पुगेको छ ।

हालसम्म काठमाडौंमा ९३ हजार ५ सय २ जना संक्रमित भइसके भने ललितपुरमा १४ हजार ५ सय २१ र भक्तपुरमा ८ हजार ५ सय २८ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये एक लाख १० हजार ४ सय ७४ जनाले कोरोनालाई जितिसके भने ६ सय ८१ जनाको मृत्यु भइसक्यो ।

काठमाडौं उपत्यकामा पनि संक्रमण निको हुनेको दर ९५ प्रतिशतको नजिक रहेको छ । आजसम्ममा तथ्याङ्क अनुसार उपत्यकामा संक्रमण निको हुनेको दर ९४ दशमलव ८१ प्रतिशत छ ।

जिल्लाहरुमा नयाँ संक्रमित संख्या

प्रदेशहरुको पछिल्लो विवरण

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५५ प्रतिशत बढि रहेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो पटक थप भएका नयाँ संक्रमित मध्ये वागमती प्रदेशमा ५५ दशमलव ९८ प्रतिशत रहेका छन् ।

नयाँ संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ५ सय २४ जना र सबैभन्दा कम प्रदेश दुईमा ९ जना रहेका छन् ।

अन्य प्रदेशहरुमा गण्डकी प्रदेशमा एक सय १३, प्रदेश एकमा एक सय १०, लुम्बिनी प्रदेशमा एक सय एक, सुदुरपश्चिम प्रदेशमा ६७ र कर्णाली प्रदेशमा १२ जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय