नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा साढे ६२ प्रतिशत
SamacharDesk – बिकाश | २०७७ पौष १, बुधबार

पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ३ सय ९१ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ६३ जना छन् भने पुरुषको संख्या २ सय २८ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय ९४ जना छन् भने ललितपुरबाट ७७ र भक्तपुरबाट २० जना रहेका छन् ।
काठमाडौं उपत्यकामा ५ हजार २ सय ८० जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १६ हजार ९ सय ४२ जना पुगेको छ ।
हालसम्म काठमाडौंमा ९३ हजार ७ सय ९६ जना संक्रमित भइसके भने ललितपुरमा १४ हजार ५ सय ९८ र भक्तपुरमा ८ हजार ५ सय ४८ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये एक लाख १० हजार ९ सय ७८ जनाले कोरोनालाई जितिसके भने ६ सय ८४ जनाको मृत्यु भइसक्यो ।
जिल्लाहरुमा नयाँ संक्रमित संख्या
प्रदेशहरुको पछिल्लो विवरण
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ६२ दशमलव ५ प्रतिशत रहेका छन् ।
नयाँ संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ४ सय ६० जना र सबैभन्दा कम कर्णाली प्रदेशमा मात्र २ जना रहेका छन् ।
अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेशमा ८७, गण्डकी प्रदेशमा ८४, प्रदेश एकमा ५३, सुदुरपश्चिम प्रदेशमा ३० र प्रदेश २ मा २० जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय