arin enterprises

६ हजार ५८८ परिक्षणमा ७७६ जनामा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ पौष २, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा परिक्षणको ११ दशमलव ७७ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा ७ सय ७६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ६ हजार ५ सय ८८ वटा नमूना परिक्षणमा ३ सय ८ जना महिला र ४ सय ६८ जना पुरुषहरुमा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ ।

त्यस्तै हालसम्म १८ लाख ५५ हजार ७ सय २४ वटा स्वाब नमूनाको आरटीपिसिआर परिक्षण गरिएको छ ।

पछिल्लो पटक ९ सय ४७ जना संक्रमित निको भएका छन् । हालसम्ममा २ लाख ४० हजार ३ सय ६३ जना संक्रमितले कोरोना भाईरसलाई हराएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ७ सय ४९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० रहेको छ । तीमध्ये ५ हजार ८ सय ८३ जना होम आइसोलेसनमा छन् भने ३ हजार ६ सय ९७ जना संस्थागत आइसोलेसनमा छन् ।

क्वारेन्टीनमा रहनेको संख्या ४ सय ४४ जना रहेको छ ।

२ सय ८१ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५९ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा २५, प्रदेश २ मा ११, वागमती प्रदेशमा एक सय ११, गण्डकी प्रदेशमा ८२, लुम्बिनी प्रदेशमा ४०, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा ६/६ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ७, प्रदेश २ मा २, वागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५९ जना भेन्टिलेटरमा छन् ।

हाल मनाङ जिल्ला मात्रै संक्रमण शुन्य रहेको छ । काठमाडौं, ललितपुर र कास्कीमा ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् । 

Categorized in राष्ट्रिय