arin enterprises

काठमाडौंमा २ सय ७३ सहित उपत्यकामा ३ सय ६३ नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ पौष २, बिहिबार

पछिल्लो पटक अन्य जिल्लाहरुमा थप भएका नयाँ संक्रमितको संख्या ५० सम्मै नपुग्दा काठमाडौंमा भने २ सय ७३ जना नयाँ संक्रमित थप भएका छन् ।

पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ३ सय ६३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ५२ जना छन् भने पुरुषको संख्या २ सय ११ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय ७३ जनाको साथमा ललितपुरबाट ४९ र भक्तपुरबाट ४१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ५ हजार एक सय ५५ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १७ हजार ३ सय ३२ जना पुगेको छ ।

हालसम्म काठमाडौंमा ९४ हजार ६९ जना संक्रमित भइसके भने ललितपुरमा १४ हजार ६ सय ४७ र भक्तपुरमा ८ हजार ५ सय ८९ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ११ हजार ४ सय ६२ जनाले कोरोनालाई जितिसके भने ६ सय ८८ जनाको मृत्यु भइसक्यो ।

जिल्लाहरुमा नयाँ संक्रमित संख्या

प्रदेशहरुको पछिल्लो विवरण

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५३ दशमलव ९९ प्रतिशत रहेका छन् ।

नयाँ संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ४ सय १९ जना र सबैभन्दा कम प्रदेश दुईमा ७ जना रहेका छन् ।

अन्य प्रदेशहरुमा सुदुरपश्चिम प्रदेशमा ९७, गण्डकी प्रदेशमा ९०, लुम्बिनी प्रदेशमा ७९, प्रदेश एकमा ६८ र कर्णाली प्रदेशमा १६ जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय