७ सय ८२ नयाँ संक्रमित थप, परिक्षण संख्या ५ हजार ७०६ मात्र
SamacharDesk – बिकाश | २०७७ पौष ३, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा परिक्षणको १३ दशमलव ७० प्रतिशतमा कोभिड संक्रमण देखिएको छ ।
पछिल्लो २४ घन्टामा ७ सय ८२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ ।
देशैभरिका कोभिड प्रयोगशालाहरुमा गरिएको ५ हजार ७ सय ६ वटा नमूना परिक्षणमा ३ सय ५ जना महिला र ४ सय ७७ जना पुरुषहरुमा कोभिड संक्रमण पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ ।
त्यस्तै हालसम्म १८ लाख ६१ हजार ४ सय ३० वटा स्वाब नमूनाको आरटीपिसिआर परिक्षण गरिएको छ ।
पछिल्लो पटक एक हजार २९ जना संक्रमित निको भएका छन् । हालसम्ममा २ लाख ४१ हजार ३ सय ९२ जना संक्रमितले कोरोना भाईरसलाई हराएका छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ७ सय ६५ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरण अनुसार सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ रहेको छ । तीमध्ये ५ हजार ८ सय ३४ जना होम आइसोलेसनमा छन् भने ३ हजार ४ सय ८३ जना संस्थागत आइसोलेसनमा छन् ।
क्वारेन्टीनमा रहनेको संख्या ४ सय २७ जना रहेको छ ।
२ सय ८३ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ४९ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा २३, प्रदेश २ मा ११, वागमती प्रदेशमा एक सय ६, गण्डकी प्रदेशमा ७९, लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा ७/७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ४, प्रदेश २ मा एक, वागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा ३÷३ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ४९ जना भेन्टिलेटरमा छन् ।
हाल मनाङ जिल्ला मात्रै संक्रमण शुन्य रहेको छ । काठमाडौं, ललितपुर र कास्कीमा ५ सयभन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन् ।
Categorized in राष्ट्रिय