arin enterprises

काठमाडौंमा २ सय २१ सहित उपत्यकामा २ सय ८७ जनामा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ पौष ३, शुक्रबार

पछिल्लो पटक काठमाडौं उपत्यकामा २ सय ८७ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये एक सय २१ महिला र एक सय ६६ जना पुरुषहरु रहेका छन् ।

पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय २, ललितपुरबाट ७६ र भक्तपुरबाट ९ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ४ हजार ९ सय ९८ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १७ हजार ५ सय ९२ जना पुगेको छ । हालसम्म काठमाडौंमा ९४ हजार २ सय ७१ जना संक्रमित भइसके भने ललितपुरमा १४ हजार ७ सय २३ र भक्तपुरमा ८ हजार ५ सय ९८ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ११ हजार ८ सय २४ जनाले कोरोनालाई जितिसके भने ६ सय ९० जनाको मृत्यु भइसक्यो ।

जिल्लाहरुमा नयाँ संक्रमित संख्या

प्रदेशहरुको पछिल्लो विवरण

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ४३ दशमलव ३५ प्रतिशत रहेका छन् । नयाँ संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ३ सय ३९ जना रहेका छन् ।

वागमती प्रदेशमा हाल ५ हजार ५ सय २७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये २ हजार ९ सय ४७ जना होम आइसोलेसनमा छन् भने २ हजार ५ सय ८० जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो पटक सबैभन्दा कम संक्रमित कर्णाली प्रदेशमा २५ जना भेटिएका छन् ।

अन्य प्रदेशहरुमा सुदुरपश्चिम प्रदेशमा एक सय ४१, लुम्बिनी प्रदेशमा एक सय २५, गण्डकी प्रदेशमा ८२, प्रदेश एकमा ४४ र प्रदेश दुईमा २६ जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय