उपत्यकामा २ सय ८१, बागमती प्रदेशमा ३ सय ८३ नयाँ संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ पौष ४, शनिबार

पछिल्लो पटक काठमाडौं उपत्यकामा २ सय ८१ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये एक सय ३ महिला र एक सय ७८ जना पुरुषहरु रहेका छन् ।
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय २४, ललितपुरबाट ३८ र भक्तपुरबाट १९ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा ४ हजार ६ सय ८३ जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १७ हजार ८ सय ७३ जना पुगेको छ । हालसम्म काठमाडौंमा ९४ हजार ४ सय ९५ जना संक्रमित भइसके भने ललितपुरमा १४ हजार ७ सय ६१ र भक्तपुरमा ८ हजार ६ सय १७ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये एक लाख १२ हजार ४ सय ९५ जनाले कोरोनालाई जितिसके भने ६ सय ९२ जनाको मृत्यु भइसक्यो ।
जिल्लाहरुमा नयाँ संक्रमित संख्या
प्रदेशहरुको पछिल्लो विवरण
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५३ दशमलव ९४ प्रतिशत रहेका छन् । नयाँ संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ३ सय ८३ जना रहेका छन् ।
वागमती प्रदेशमा हालसम्म १ लाख ३८ हजार ५ सय ४१ जना संक्रमित भइसके भने तीमध्ये १ लाख ३२ हजार ३ सय ९३ जना संक्रमित निको भइसके ।
हाल ५ हजार २ सय ५८ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये २ हजार ६ सय ७० जना होम आइसोलेसनमा छन् भने २ हजार ५ सय ८८ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।
त्यस्तै वागमती प्रदेशमा एक जना चिनियाँ नागरिकसहित ८ सय ९० जनाको मृत्यु भइसक्यो ।
पछिल्लो पटक सबैभन्दा कम कर्णाली प्रदेशमा १० जना संक्रमित भेटिएका छन् ।
अन्य प्रदेशहरुमा गण्डकी प्रदेशमा एक सय ४६, प्रदेश एकमा ६९, लुम्बिनी प्रदेशमा ६२, प्रदेश २ मा २५, सुदुरपश्चिम प्रदेशमा १५ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय