६ हजार ५५९ परिक्षणमा ७ सय ४३ जनामा संक्रमण पुष्टी
SamacharDesk – बिकाश | २०७७ पौष ८, बुधबार

नेपालमा पछिल्लाे २४ घन्टामा ७ सय ४३ जनामा काेराेना भाइरस (काेभिड १९) काे संक्रमण पुष्टी भएकाे छ ।
देशैभरिकाे काेभिड प्रयाेगशालामा गरिएकाे ६ हजार ५ सय ५९ नमूना परिक्षणमा २ सय ७९ महिला र ४ सय ६४ पुरूष गरी ७ सय ४३ जनामा संक्रमण देखिएकाे हाे ।
याे भनेकाे परिक्षण संख्याकाे ११ दशमलव ३२ प्रतिशत हाे ।
आज थपिएका नयाँ संक्रमितमध्ये ३ सय १८ जना काठमाडाैं उपत्यकाबाट रहेका छन् । पछिल्लाे पटक उपत्यकामा काठमाडाैंबाट २ सय ५०, ललितपुर र भक्तपुरबाट ३४÷३४ जना संक्रमित थप भएका छन् ।
हालसम्म काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेकाे छ ।
त्यस्तै पछिल्लाे पटक ९ सय ५२ जना संक्रमित निकाे भएका छन् । याेसँगै काेभिड निकाे हुनेकाे संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेकाे छ ।
त्यसैगरी पिछल्लाे २४ घन्टामा थप ५ जना काेराेना संक्रमितकाे मृत्यु भएसँगै काेराेनाका कारण मृत्यु हुनेकाे संख्या एक हजार ८ सय ३ पुगेकाे छ ।
हाल ७ हजार ५ सय १५ जना सक्रिय संक्रमित उपचाररत छन् भने ४ सय ९ जना क्वारेन्टीनमा छन् ।
हाल मुगु जिल्लामात्र संक्रमण शुन्य रहेकाे छ भने काठमाडाैं र ललितपुरमा मात्र ५ सय भन्दा बढि सक्रिय संक्रमितहरू छन् ।
Categorized in राष्ट्रिय