arin enterprises

५ सयभन्दा बढि सक्रिय संक्रमित अब काठमाडाैंमा मात्रै

SamacharDesk – बिकाश | २०७७ पौष ९, बिहिबार

नेपालमा पछिल्ला दिनहरूमा परिक्षण संख्या घटेसँगै नयाँ संक्रमणको संख्यामा कमी आउँदै गरेको देखिएको छ भने सक्रिय संक्रमित संख्या पनि घट्दै गएको देखिएको छ ।

अहिले देशमा संक्रमणको अवस्था हेर्ने हो भने संक्रमण शुन्य रहेको जिल्ला मुगु मात्रै रहेको छ भने अन्य सबै जिल्लामा पनि ५ सयभन्दा कम सक्रिय संक्रमितहरू रहेका छन् ।

५ सयभन्दा बढि संक्रमित भएको जिल्ला पनि अब काठमाडौंमात्रै बाँकि छ । काठमाडौंमा हाल ३ हजार एक सय ५३ सक्रिय संक्रमित उपचाररत छन् ।

पछिल्लो २४ घन्टाभित्र देशैभरिका कोभिड प्रयोगशालामा गरिएको नमूना परिक्षणमा भने ६ सय १३ जनामा संक्रमण पुष्टी भएको छ ।

५ हजार ५ सय १० वटा नमूनाको परिक्षणमा २ सय ३३ महिला र ३ सय ८० जना पुरूषमा संक्रमण देखिएको हो ।

तीमध्ये २ सय ४४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौंबाट एक सय ९९, ललितपुरबाट २७ र भक्तपुरबाट १८ जना नयाँ संक्रमित थप भएका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेहरूको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ । प

छिल्लो पटक ७ सय ३९ जना संक्रमित निको भएसँगै कोरोना निको हुनेहरूको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ ।

कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या एक हजार ८ सय ८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ ।

७ हजार ३ सय ८४ जना सक्रिय संक्रमितहरू उपचाररत छन् भने ४ सय जना क्वारेन्टीनमा छन् ।

Categorized in राष्ट्रिय