२ जिल्ला संक्रमण मुक्त
SamacharDesk – बिकाश | २०७७ पौष १०, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का ६ सय ८ जना नयाँ संक्रमित थप भएका छन् । देशैभरिको कोभिड प्रयोगशालाहरुमा गरिएको ४ हजार एक सय ४२ वटा नमूनाको परिक्षणमा २ सय ३७ महिला र ३ सय ७१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये एक सय १५ महिला र एक सय ६४ पुरुष गरी २ सय ७९ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक थप हुने संक्रमितमध्ये काठमाडौंबाट २ सय १२, ललितपुरबाट ४७ र भक्तपुरबाट २० जना रहेका छन् ।
नेपालभरमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ ।
त्यस्तै पछिल्लो पटक ८ सय ९२ जना संक्रमित निको भएका छन् । नेपालमा संक्रमण निको हुनेको कुल संख्या २ लाख ४८ हजार २ सय ९२ रहेको छ । ।
यो तथ्याङ्कको आधारमा नेपालमा निको हुनेको दर ९६ दशमलव ५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घन्टामा ८ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय १६ पुगेको छ ।
७ हजार ९२ सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये २ सय ४९ जना आइसीयूमा छन् भने ४६ जना भेन्टिलेटरमा उपचाररत छन् । ३ सय ६९ जना क्वारेन्टीनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार २ वटा जिल्लामा एक जना पनि संक्रमित छैनन् । मुगु र रुकुमपश्चिम संक्रमण शुन्य रहेको छ ।
अहिले काठमाडौंमा मात्रै ५ सय भन्दा बढि संक्रमित रहेका छन् ।
Categorized in राष्ट्रिय