५ सय नयाँ संक्रमित थप, ८४० निको
SamacharDesk – बिराज | २०७७ पौष ११, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का थप ५ सय जना नयाँ संक्रमित भेट्टिएका छन् । पछिल्लो पटक गरिएको ५ हजार ४ सय ३४ वटा नमूना परिक्षणमा २ सय १३ जना महिला र २ सय ८७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये एक सय १७ महिला र एक सय ५० पुरुष गरी २ सय ६७ जना संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक थपिने नयाँ संक्रमितमध्ये २ सय ९ जना काठमाडौंबाट, ललितपुरबाट ४२ र भक्तपुरबाट १६ जना छन् ।
योसँगै नेपालमा कोरोनाभाईरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।
थप ८ सय ४० जना निको भएसँगै हालसम्म संक्रमण निको हुनेको संख्या २ लाख ४९ हजार एक सय ३२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ३ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १९ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४९ रहेको छ । आइसीयूमा २ सय २८ जना भने ५० जना संक्रमित भेन्टिलेटरमा राखेर उपचाररत छन् । क्वारेन्टीनमा ३ सय ६९ जना रहेका छन् ।
मुगु र रुकुमपश्चिममा संक्रमितको संख्या शुन्य छ भने ५ सय भन्दा बढि संक्रमित रहेको जिल्लामा काठमाडौंमात्रै रहेको छ ।
Categorized in राष्ट्रिय