arin enterprises

परिक्षणको ८.३८ प्रतिशतमा संक्रमण

SamacharDesk – बिकाश | २०७७ पौष १८, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय १९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

५ हजार वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ७४ महिला र २ सय ४५ पुरुषमा संक्रमण देखिएको हो । तीमध्ये ६८ महिला र ७६ जना पुरुष गरी एक सय ५४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।

नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ । जम्मा आरटी पिसिआर परिक्षणको संख्या भने १९ लाख ४२ हजार ७ सय २ पुगेको छ ।

पछिल्लो पटक ७ सय ५० जना संक्रमितले भाईरसलाई परास्त गरी निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५३ हजार ८ सय ५७ जना संक्रमित निको भएका छन् ।

पछिल्लो पटक ६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय ७० पुगेको छ ।

५ हजार ७ सय ११ सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये २ हजार २ सय ३४ होम आइसोलेसनमा छन् भने ३ हजार ४ सय ७७ संस्थागत आइसोलेसनमा छन् ।

पाँचथर, सोलुखुम्बु र मुगु गरी ३ जिल्लामा संक्रमितको संख्या शुन्य छ भने ५ सय बढि संक्रमित रहेको जिल्ला काठमाडौंमात्रै छ ।

Categorized in राष्ट्रिय