arin enterprises

परिक्षणको करीब ४६ प्रतिशतमा संक्रमण

SamacharDesk – बिकाश | २०७८ बैशाख २५, शनिबार

नेपालमा पछिल्लो पटक परिक्षणको करीब ४६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जम्मा १८ हजार ३०४ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ८ हजार ४१४ जनामा संक्रमण पुष्टि भएको छ ।

१७ हजार ३१५ आरटी पिसिआर र ९८९ एन्टिजेन परिक्षण गरिएको थियो ।

थप हुने नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका बालबालिका १९५ जना छन् भने १० देखि १९ वर्ष उमेर समूहका ५६१ जना छन् ।

आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

निको हुनेको संख्या पनि दिनहुँ बढ्दो छ । गएको २४ घन्टामा ३ हजार ३७० जना संक्रमित निको भइ घर फर्केका छन् ।

निको हुनेको कुल संख्या ३ लाख नजिक पुगेको छ । हालसम्म २ लाख ९८ हजार ७६५ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

थप ५३ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

अहिले जम्मा ८३ हजार ४९३ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा बसिरहेका छन् भने ५ हजार ४७५ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

७५८ जना आइसीयूमा छन् भने तीमध्ये २३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Categorized in राष्ट्रिय