उपत्यकामा ६९७ जना नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७८ श्रावण ६, बुधबार

नेपालमा पछिल्ला दिनमा कोभिड १९ का नयाँ संक्रमितको संख्या बढ्दै गएसँगै काठमाडौं उपत्यकामा पनि यो संख्या बढ्दै गएको देखिएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सयको नजिक कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । उपत्यकामा कोभिड १९ का ६९७ जना नयाँ संक्रमित भेटिएका हुन् । काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना संक्रमित भेटिएका हुन् ।
योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ७४ हजार ४३९ पुगेको छ ।
तीमध्ये ९६ दशमलव १९ प्रतिशत संक्रमित निको भइसकेका छन् । हालसम्म उपत्यकामा कोभिड १९ संक्रमण निको हुनेको संख्या २ लाख ६३ हजार ९९५ जना रहेको छ । गएको २४ घण्टामा ३८१ जना संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् ।
हाल काठमाडौं उपत्यकाका ३ जिल्लासमेत १० वटा जिल्लाहरुमा ५ सय बढि सक्रिय संक्रमित छन् । उपत्यकामा ७ हजार २४४ जना सक्रिय संक्रमित उपचाररत छन् ।
विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ५३४ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा उपचाररत १७८ जनामध्ये ७४ जना भेन्टिलेटरमा छन् ।
गएको २४ घण्टामा उपत्यकामा १३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौं र भक्तपुरमा ५/५ जना र ललितपुरमा ३ जना संक्रमितको मृत्यु भएको हो । उपत्यकामा कोभिड १९ संक्रमणका कारण २ हजार ९ सय जनाको मृत्यु भइसकेको छ ।
Categorized in समाज