arin enterprises

संक्रमण मुक्त हुनेको दर बढ्दै

SamacharDesk – बिकाश | २०७८ भाद्र २६, शनिबार

नेपालमा कोरोना संक्रमणको अवस्थामा कमी आउँदै गर्दा संक्रमण निको हुनेको संख्या भने खासै बढ्न सकेको छैन । दैनिक निको हुनेको संख्या नबढेतापनि स्थीर भने रहेको छ ।

नयाँ संक्रमण दरमा कमी आएसँगै निको हुनेको दर भने विस्तारै बढ्दै गरेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३६८ जना कोभिड १९ संक्रमितले कोरोना भाईरसलाई हराउँदै संक्रमण मुक्त हुन सफल भएका छन् । योसँगै संक्रमण निको हुनेको दर ९५ दशमलव १ प्रतिशत पुगेको छ ।

हिजो यो दर ९५ प्रतिशत थियो । पछिल्ला दिनहरुमा संक्रमण निको हुनेको दरमा दैनिक .१ प्रतिशतको दरले वृद्धि हुँदै गएको छ ।

नेपालमा संक्रमणको दोश्रो लहर शुरु हुनु अघि निको हुनेको दर करीब ९८ प्रतिशत पुगिसेको थियो । पछि यो दर घट्दै गएर ९३ प्रतिशतसम्म झरीसकेको थियो भने हाल आएर विस्तारै बढ्न थालेको हो ।

हालसम्म कुल संक्रमितमध्ये संक्रमण मुक्त भएकाको कुल संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ ।

पछिल्ला दिनमा नयाँ संक्रमणको दरमा कमी र निको हुनेको दरमा वृद्धि भइरहेको भएतापनि सतर्कता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

अहिले संक्रमणको अवस्था नियन्त्रणमा आएको देखिएपनि लापरवाहीले यो फेरी फैलिन सक्ने भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न चिकित्सकहरुले आम नागरिकमा आग्रह गरेका हुन् ।

Categorized in राष्ट्रिय