परिक्षणको ४३ प्रतिशत बढि संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७८ बैशाख २०, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा ४३ दशमलव ३६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
१६ हजार ६५८ आरटी पिसिआर र ५१८ एन्टिजेन गरी जम्मा १७ हजार १७६ नमूनाको परिक्षण गरिएकोमा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमध्ये ९ वर्षसम्ममा १५६ जना छन् भने १० देखि १९ वर्ष उमेर समूहका ४३९ जना रहेका छन् ।
नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।
पछिल्लो पटक २ हजार २१ जना संक्रमित निको भएका छन् । कुल संक्रमितमध्ये २ लाख ८६ हजार १५ जना संक्रमित निको भइसकेका छन् ।
थप ३७ जना संक्रमितको ज्यान गएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।
विभिन्न संस्थागत साथै होम आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ ।
Categorized in राष्ट्रिय