arin enterprises

रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक पनि निको भए

SamacharDesk – विकाश | २०७७ बैशाख ३०, मंगलबार

रुपन्देहीका पहिलो कोरोना संक्रमित युवकले कोरोनाभाइरसलाई जितेका छन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ पुर्निहवाका २५ वर्षका युवक संक्रमणमुक्त भएका हुन् । 

गत शुक्रबार र सोमबारको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई आजै डिस्चार्ज गरिन लागेको अस्पतालले जनाएको छ । 

योसँगै नेपालमा संक्रमण निको हुनेको संख्या ३४ जना पुगेको छ ।

घर गइसकेर पनि एकहप्ता होम आइसोलेसनमा बस्नुपने अस्पतालले बताएको छ ।

उनी वैशाख १९ गतेदेखि रामनगरस्थित बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा धागो कारखानामा संचालित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनी अस्पतालमा रहँदा स्वस्थ व्यक्ति सरह गीतमा नाचेर दिन बिताउने गर्थे ।

केही दिन अघिमात्रै उनी अस्पतालको आइसोलेसन कक्षमा गीत बजाएर नाच्दै गरेको सिसिटिभि क्यामेराको भिडियो सामाजिक संजालमा भाईरल नै भएको थियो ।

उनी गएको वैशाख ५ गते भारतको मुम्बईबाट मर्चवारको ठोठरी नाका हुंदै नेपाल प्रवेश गरेका थिए ।

Categorized in राष्ट्रिय