arin enterprises

भारतमा २१ हजार बढि संक्रमित थपिँदा २७ हजार बढि निको

SamacharDesk – बिकाश | २०७७ पौष १६, बिहिबार

भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का २१ हजार ८ सय २१ नयाँ संक्रमित भेटिएका छन् । योसँगै भारतमा कोरानाबाट संक्रमित हुनेको कुल संख्या एक करोड २ लाख ६७ हजार माथि पुगेको छ ।

 थप २ सय ९९ जनाको मृत्यु भएसँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४८ हजार एक सय ३९ पुगेको छ ।

पछिल्लो पटक संक्रमण निको हुनेको संख्या भने नयाँ संक्रमित संख्या भन्दा बढि रहेको छ । थप २६ हजार एक सय ३९ जना संक्रमित निको भएसँगै संक्रमण निको हुनेको कुल संख्या ९८ लाख ६० हजार २ सय ८० पुगेको छ ।

भारतमा संक्रमण निको हुनेको दर ९६ प्रतिशत बढि रहेको छ ।

हाल यहाँ २ लाख ५८ हजार भन्दा केही बढि सक्रिय संक्रमितहरु उपचाररत छन् ।

पछिल्लो पटक भारतमा पनि नयाँ प्रकारको कोरोना भाईरस देखिएसँगै संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको बताइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय