arin enterprises

उपत्यकामा १४५ संक्रमित थप, २३२

SamacharDesk – बिकाश | २०७७ माघ ७, बुधबार

निको पछिल्लो पटक थप भएका नयाँ संक्रमितमध्ये एक सय ४५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ५८ जना महिला र ८७ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा एक सय १६, ललितपुरमा २६ र भक्तपुरमा ३ जना नयाँ संक्रमित थप भएका छन् ।

हालसम्म काठमाडौं उपत्यकामा एक लाख २५ हजार ३ सय २४ जनालाई कोरोना संक्रमण भएको छ ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा २ सय ३२ जना संक्रमित निको भएका छन् । गएको २४ घन्टामा काठमाडौंमा एक सय ५४, ललितपुरमा २३ र भक्तपुरमा ५५ जना कोरोना संक्रमितको नेगेटिभ रिपोर्ट आएको छ ।

हालसम्ममा एक लाख २२ हजार एक सय ६० जना कोरोना संक्रमितले भाईरसलाई परास्त गर्दै निको भइसके ।

काठमाडौं उपत्यकाभित्र हालसम्म ७ सय ६९ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

उपत्यकामा रहेका सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५ रहेको छ । काठमाडौंमा २ हजार एक सय ५५, ललितपुरमा २ सय १३ र भक्तपुरमा ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

Categorized in समाज