arin enterprises

उपत्यकामा १३३ संक्रमित थप, ९८ प्रतिशत निको

SamacharDesk – बिकाश | २०७७ माघ ११, आइतबार

पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये एक सय ३३ जना काठमाडौं उपत्यकामा रहेका छन् । तीमध्ये ६१ महिला र ७२ जना पुरुष रहेका छन् ।

काठमाडौंमा ८०, ललितपुरमा २० र भक्तपुरमा ९ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा हालसम्म एक लाख २५ हजार ८ सय ७६ पुगेको छ ।

पछिल्लो पटक उपत्यकामा २ सय १४ जना संक्रमित निको भएका छन् । काठमाडौंमा एक सय ७५, ललितपुरमा २५ र भक्तपुरमा १४ जना संक्रमित निको भएका छन् ।

काठमाडौं उपत्यकामा निको हुनेको दर ९८ प्रतिशत पुगेको छ ।

हालसम्म उपत्यकाका कुल संक्रमितमध्ये १ लाख २३ हजार ७० जना निको भएका छन् ।

गएको २४ घन्टामा काठमाडौंमा एक जना र भक्तपुरमा एक जना संक्रमितको मृत्यु भएको छ । हालसम्म उपत्यकामा ७ सय ६५ संक्रमितको मृत्यु भइसकेको छ ।

उपत्यकामा २ हजार ४१ जना सक्रिय संक्रमित उपचाररत छन् । काठमाडौंमा एक हजार ८ सय ६२ सँगै ललितपुरमा एक सय ५२ र भक्तपुरमा २७ जना सक्रिय संक्रमित छन् ।

Categorized in समाज