arin enterprises

उपत्यकामा जम्मा एक हजार ९७८ सक्रिय संक्रमित

SamacharDesk – बिकाश | २०७७ माघ १२, सोमबार

पछिल्लो पटक थप हुने कोरोना भाईरसका नयाँ संक्रमितमध्ये एक सय ५४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ५९ जना महिला छन् भने ९५ जना पुरुष छन् ।

हालसम्म काठमाडौं उपत्यकामा एक लाख २६ हजार २२ जना कोरोना संक्रमित भइसके । काठमाडौंका कुल संक्रमित संख्या एक लाख ९ सय रहेको छ भने ललितपुरमा १५ हजार ९ सय ४२ र भक्तपुरमा ९ हजार एक सय ८० जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये एक लाख २३ हजार २ सय ८५ निको भइसके । गएको २४ घन्टामा काठमाडौंमा एक सय ८९, ललितपुरमा २३ र भक्तपुरमा ३ जना गरी २ सय १५ जना संक्रमित निको भएका छन् ।

काठमाडौंमा र ललितपुरमा एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म उपत्यकामा ७ सय ६७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

काठमाडौं उपत्यकाभित्र एक हजार ९ सय ७८ जना सक्रिय संक्रमित उपचाररत छन् । काठमाडौंमा एक हजार ८ सय ५ को साथमा ललितपुरमा एक सय ४१ र भक्तपुरमा ३२ जना सक्रिय संक्रमित छन् । 

Categorized in समाज