arin enterprises

आजका नयाँ संक्रमितमध्ये ५७ प्रतिशत उपत्यकामा

SamacharDesk – बिकाश | २०७७ माघ १३, मंगलबार

पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये करीब ५७ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् ।

गएको २४ घन्टामा काठमाडौं उपत्यकामा एक सय ७२ जना संक्रमित थपिएका छन् । तीमध्ये ७४ जना महिला र ९८ जना पुरुष रहेका छन् ।

काठमाडौंमा एक सय ३४, ललितपुरमा ३१ र भक्तपुरमा ७ जना संक्रमित थपिएका छन् ।

आजको थप संख्यासँगै काठमाडौंमा कोरोना भाईरसबाट संक्रमित हुनेको कुल संख्या एक लाख २६ हजार २ सय २ पुगेको छ ।

पछिल्लो पटक एक सय ९९ जना संक्रमित निको भएका छन् । काठमाडौंमा एक सय ४४, ललितपुरमा २२ र भक्तपुरमा ३३ जना निको भएका हुन् । हालसम्म उपत्यकामा एक लाख २३ हजार ४ सय ८४ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो पटक काठमाडौंमा एक जना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या ७ सय ६८ पुगेको छ ।

हाल काठमाडौं उपत्यकामा एक हजार ९ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा एक हजार ७ सय ९४ सँगै ललितपुरमा एक सय ५० र भक्तपुरमा ३३ जना सक्रिय संक्रमित रहेका छन् । 

Categorized in समाज