उपत्यकामा १४५ संक्रमित थप, १२६ निको
SamacharDesk – बिकाश | २०७७ माघ १४, बुधबार

पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ६१ महिला र ८४ जना पुरुष गरी एक सय ४५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये एक सय २२ जना काठमाडौंबाट, ललितपुरबाट १४ र भक्तपुरबाट ९ जना रहेका छन् ।
हालसम्म काठमाडौं उपत्यकामा एक लाख २६ हजार ३ सय ४७ जना कोरोना भाईरसबाट संक्रमित भइसकेका छन् ।
गएको २४ घन्टामा उपत्यकामा एक सय २६ जना संक्रमित निको भएका छन् । काठमाडौंमा एक सय १०, ललितपुरमा १२ र भक्तपुरमा ४ जना निको भएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमण निको हुनेको संख्या एक लाख २३ हजार ५ सय ८३ पुगेको छ ।
पछिल्लो पटक कोरोनाका कारण मृत्यु हुने ३ जनामध्ये २ जना उपत्यकाबाट रहेका छन् । काठमाडौंमा एक जना र ललितपुरमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
हाल उपत्यकामा एक हजार ९ सय ९४ जना सक्रिय संक्रमित उपचाररत छन् । काठमाडौंमा एक हजार ८ सय ५ जनासँगै ललितपुरमा एक सय ५१ र भक्तपुरमा ३८ जना सक्रिय संक्रमित छन् ।
Categorized in समाज