काठमाडौं उपत्यकामा ६ सय ४७ कोरोना संक्रमित थप
SamacharDesk – रक्षण राजोपाध्याय | २०७७ आश्विन ६, मंगलबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ५ सय ११ जना छन् भने ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् ।
त्यस्तै सुनसरीमा ७७, रुपन्देहीमा ७४, बाँकेमा ५८, मोरङमा ५७, सुर्खेतमा ४४, सिराहामा ३३ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी काभ्रेपलान्चोकमा ३०, बर्दियामा २७, तनहुँ र पूर्व रुकुममा २५, चितवन २२, झापामा २०, दाङ र कपिलवस्तु १९, बाग्लुङमा १६ जनामा संक्रमण देखिएको छ ।
कास्की, बारा र रोल्पामा १५, पर्सा र धनुषा ११, रामेछापमा ९, मकवानपुर, नवलपरासी, प्यूठान, सप्तरी र पाल्पामा ८ जनामा संक्रमण पुष्टि भएको छ ।
लमजुङमा ६, रौतहट, दोलखा, संखवासभा र स्याङ्जामा ४, धादिङ र पर्वतामा ३, सिन्धुपाल्चोक, सिन्धुली, भोजपुर, गोरखा, अर्घाखाँची, गुल्मीमा २ जनामा संक्रमण पुष्टि भएको छ ।
दैलेख, कन्चपुर, नुवाकोट, सर्लाही, धनकुटा, तेह्रथुम र उदयपुरमा एकरएक जना कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेशहरुमा वागमती प्रदेशमा ७ सय २८, प्रदेश ५ मा २६५, प्रदेश एकमा १६३, प्रदेश २ मा ८३, गण्डकी प्रदेशमा ७१,र कर्णाली प्रदेशमा ४५, सुदुरपश्चिम प्रदेशमा १ जना कोरोना संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय
