३८१ जना नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ श्रावण २१, बुधबार

पछिल्लो २४ घन्टामा ३ सय ८१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक एक सय ३० जना संक्रमित निको भएर घर फर्केका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या १५ हजार एक सय ५६ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ४ लाख १२ हजार ९ सय ५३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ५९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ९ हजार ९ सय २५ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ६ हजार एक सय ७४ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । आज थप दुई जना संक्रमितको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ ।
Categorized in राष्ट्रिय