arin enterprises

थप २० जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ५०७

SamacharDesk – विकाश | २०७७ जेठ ९, शुक्रबार

नेपालमा थप २० जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलाली, डडेलधुरा। वैतडी, बाँके र मोरङमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । 

कैलालीका १९, २३, र २६ वर्षीय तीन जनामा पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु कैलाली जानकी गाउँपालिकास्थित सरस्वती माविमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका थिए ।

डडेलधुरा परशुराम १० का २८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी वैतडी जिल्ला शिवनाथ १ का २२ वर्षीया पुरुषमा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी मोरङ जिल्लला रतुवामाई २ का ४१ वर्षीय पुरुषमा पनि आज संक्रमण पुष्टि भएको छ ।

बाँकेमै आज १४ जनामा संक्रमण पुष्टि भएको छ । तिनीहरु १८ देखि ६१ वर्ष समूहका पुरुषहरु रहेका छन् ।

बाँकेमा संक्रमण पुष्टि हुनेमा १८ वर्षीय पुरुष एक जना राप्ती सोनारी पालिकाका हुन् भने बाँकि १३ जना नरैनापुरका हुन् ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५ सय ७ पुगेको छ । जसमध्ये पुरुष ४ सय ३३ जना छन् भने महिला ७४ जना रहेका छन् ।

नेपालमा कोभिड १९ को संक्रमणबाट प्रभावित जिल्ला ४० पुगेको पनि प्रवक्ता डा. देवकाटोले बताउनुभएको छ ।

यो संक्रमण निको हुनेको संख्या भने ७० पुगेको छ । आजैमात्र नेपालगन्जका २१ जना संक्रमण निको भएर बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट डिस्चार्ज भएका थिए ।

Categorized in राष्ट्रिय