arin enterprises

एकैदिन ११४ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ८८६ पुग्यो

SamacharDesk – विकाश | २०७७ जेठ १४, बुधबार

नेपालमा आज एकैदिनमै एक सय १४ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा लकडाउन शुरु भए यता एकैदिनमा संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै बढि हो ।

योसँगै नेपालमा कुल संक्रमित संख्या ८ सय ८६ पुगेको छ । तीमध्ये ७ सय ९६ जना पुरुष रहेका छन् भने ९० जना महिला हुन् ।

आज थप भएका जिल्लाहरुसँगै संक्रमण फैलिएको जिल्लाको संख्या भने ४७ पुगेको छ ।

आज धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको नमूना परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । 

तीमध्ये सप्तरी बोदेबसाइ नगरपालिकाका १८ देखि ५६ वर्षसम्मका ८ जना पुरुषहरु रहेका छन् भने सप्तरी बालनविगुलका १७ वर्षीया महिला एक जना र २९ वर्षीय पुरुष एक जनामा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी सप्तरी सुरुङ्खा नगरपालिकाका २९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालमा गरिएको नमूना परिक्षणमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापा गौरादह नगरपालिकामा २६ र ४१ वर्षीय पुरुष २ जनाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । झापाकै कचनकवल गाउँपालिकामा १५ जना पुरुषहरुमा संक्रमण भेटिएको छ । तिनीहरु १९ देखि ५७ वर्षसम्मका रहेका छन् ।

हेटौंडाको किटजन्य प्रयोगशालामा भएको नमूना परिक्षणमा आठ जनामा संक्रमण भेटिएको छ ।

हेटौंडा मकवानपुरकी २५ वर्षीय महिलामा संक्रमण देखिएको छ । रौतहट गढीमाई नगरपालिकाका १७ देखि २९ वर्षसम्मका ७ जना पुरुषहरु पनि संक्रमित भेटिएका छन् ।

पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा बागलुङ तमानखोला गाउँपालिकाका ४ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई जना २१ वर्षका र दुइ जना २७ वर्षका रहेका छन् ।

बागलुङकै बडिगाड गाउँपालिकामा पनि २ जना पुरुषहरुमा संक्रमण देखिएको छ । तिनीहरु १९ र २० वर्षका हुन् ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १८ जनाको नतिजा पोजेटिभ आएको छ ।

रुकुम पुथाउत्तर गंगा गाउँपालिकाका ३ जनामा संक्रमण देखिएको छ । तीमध्ये एक जना १५ वर्षीया महिला, १८ र २३ वर्षका दुई जना पुरुष रहेका छन् ।

दाङ घोराहीका २४ देखि ४२ उमेरका ७ जनामा पनि संक्रमण पुष्टि भएको छ । दाङकै लमही नगरपालिका १७ देखि ३० वर्षीय ८ जनामा पनि संक्रमण देखिएको छ । तीमध्ये ७ जना पुरुष र एक जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालाको परिक्षण थप १६ जना संक्रमित देखिएका छन् ।

बाँके डुढुवा गाउँपालिकामा २१ र ३० वर्षीय पुरुष दुई जना संक्रमित थप भएका छन् । बाँके राप्तीसोनारी गाउँपालिकामा १९ देखि ४० वर्षसम्मका पुरुषहरु ७ जनामा संक्रमण देखिएको छ ।

बाँकेकै वैजनाथ गाउँपालिकामा २४ देखि ४६ वर्षसम्मका ६ जना पुरुषहरु पनि संक्रमित भेटिएका छन् । बाँकेमै खजुरा गाउँपालिकामा २९ वर्षीय पुरुष एक जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा ३८ जनामा संक्रमण देखिएको छ ।

तीमध्ये सिराहा सिद्धिचरणका ३९ वर्षीय पुरुष एक जनामा संक्रमण पुष्टि भएको छ भने सिराहा स्थानीय ठेगाना भएका हाल सप्तरी रुपनीमा कार्यरत ३५ वर्षका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

बारा प्रचौटा नगरपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ५२ वर्षीया महिला एक जना छन् भने २२ देखि ४० वर्षका पुरुष ६ जना रहेका छन् ।

रौतहटका स्थानीय वासिन्दा हाल बारा प्रचौटामा रहेका ४१ वर्षीय पुरुष एकजनामा पनि संक्रमण देखिएको छ ।

रौतहट गौरमा ८ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ३५ वर्षीया महिला ए जना भने अन्य १८ देखि ३० वर्षसम्मका पुरुष छन् । रौतहटकै देवाही गुनाही नगरपालिकामा २१ र ३५ वर्षीय पुरुष दुई जनामा संक्रमण देखिएको छ ।

कठरिया नगरपालिकामा २७ र ३६ वर्षका दुई जना पुरुष संक्रमित भेटिएका छन् । 

रौतहटकै श्रीजनता माध्यामिक विद्यालयको क्वारेन्टाइनमा संकलन गरिएको नमूना परिक्षणमा १४ जनाको कोरोना पोजेटिभ देखिएको छ । तिनीहरु १७ देखि ५० वर्ष उमेरका रहेका छन् ।

रौतहटको मदर्र्सामा १३ र ३५ वर्षका दुई जनामा संक्रमण देखिएको छ ।

आज थप हुने सबै संक्रमितहरु वारेन्टाइनमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय