संक्रमित धमाधम थपिंदै, कुल संक्रमित संख्या १२१२
SamacharDesk – विकाश | २०७७ जेठ १६, शुक्रबार

पछिल्लो समय भारतमा नेपाल फर्किनेको संख्यासँगै परिक्षणको दायरा पनि बढेपछि नेपालमा दिनहुँ संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ ।
आज एकैदिनमा थप एक सय ७० जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार २ सय १२ पुगेको छ । जसमध्ये एक हजार एक सय ३ जना पुरुषहरु रहेका छन् भने एक सय नौ जना महिला रहेका छन् ।
तीमध्ये २ सय ६ जना निको भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।
एक हजार जना देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
आज संक्रमण पुष्टि हुनेमा एक सय ७० मध्ये एक सय ६५ जना पुरुष रहेका छन् भने ५ जना महिला छन् ।
कोशी अस्पतालमा गरिएको परिक्षणमा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
झापा कचनाकवलका १८ देखि ४१ वर्ष उमेरसम्मका २४ जना र झापाकै तयारीभिट्टाका २४ देखि ५४ वर्ष उमेरका ३ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ ।
धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये सप्तरी राजविराजका २० देखि २६ वर्ष उमेरका पुरुषहरु ४ जना र झापा भद्रपुरका ३४ वर्षीय पुरुष एक जना रहेको छ ।
नारायणी अस्पतालको प्रयोगशालाको परिक्षणबाट ९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
बारा प्रचौटाका राष्ट्रिय मावि क्वारेन्टाइनमा बसिरहेका २७ देखि ४५ वर्ष उमेर समूहका ४ जना पुरुषहरु कोरोना संक्रमित देखिएका छन् भने पर्सा पोखरीया २१ देखि ४२ वर्ष उमेर समूहका ४ जना पुरुषहरुमा पनि संक्रमण पुष्टि भएको छ । साथै पर्सा जीरा भवानी ३४ वर्षीय पुरुष एकजनामा पनि संक्रमण देखिएको छ ।
पाटन अस्पतालमा गरिएको परिक्षणमा सर्लाही स्थायी ठेगाना भएका हाल पाटन अस्पतालमै बसिरहेका ३१ वर्षीया महिला एकजनामा संक्रमण देखिएको छ ।
गण्डकी अस्पतालको परिक्षणमा म्याग्दी मालिकाका ३० वर्षीय पुरुष एकजनामा संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँके डुडुवाका १० जनामा संक्रमण देखिएको छ । उनीहरु १७ देखि ४१ वर्षसम्मका पुरुषहरु रहेका छन् ।
भरतपुर अस्पतालको परिक्षणमा ६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । तीमध्ये कपिलवस्तु नगरपालिकाका २३ देखि २६ वर्षसम्मका ४ जना पुरुषहरु र नवलपरासी बर्दाघाट सुस्ता पुर्व देवचुलीका १९ र २१ वर्षीय पुरुषहरु २ जना रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परिक्षणमा ८४ जना नयाँ संक्रमित फेला परेका छन् ।
कपिलवस्तु यशोधराका, भृकुटी मावि कृष्णनगरको क्वारेन्टाइनमा बसिरहेका २३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ७ वर्षीय बालकदेखि ५२ वर्षीयसम्मका पुरुषहरु रहेका छन् ।
त्यसैगरी रौतहट राजपुर फर्दवाका जनता मावि डुमरीयाको क्वारेन्टाइनमा रहेका ५६ जनामा पनि संक्रमण देखिएको छ । तीमध्ये २ बालिका सहित २२ देखि ७० वर्षीय पुरुषहरु छन् ।
सर्लाही कौडेना मलङ्गवाका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ । तिनीहरु १९ देखि ३० वर्षका ३ जना पुरुष र एकजना महिला रहेका छन् ।
रुपेन्देही प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १६ जनामा संmत्रमण देखिएको छ । कपिलवस्तु गौतम बुद्ध मावि क्वारेन्टाइनमा रहेका १७ देखि ४४ वर्षका पुरुष १५ जनामा संक्रमण देखिएको छ । त्यसैगरी, रुपन्देही सैनामैनाका २७ वर्षीय पुरुष एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । दाङ गढवाका २८ र ४१ वर्षीय पुरुषहरु दुई जनामा कोरोना पोजेटिभ देखिँदा कपिलवस्तु विजयनगरका १७ देखि ५२ वर्षका पुरुषहरु ९ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्ममा ५२ जिल्लामा संक्रमण फैलिसकेको छ ।
देशैभर जम्मा ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेको र दिनहुँ क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गइरहेको पनि डा. देवकोटाले बताउनुभयो ।
हालसम्म देशैभरमा पिसिआर विधिबाट जम्मा ६४ हजार एक सय ५४ र आरडिटि विधिबाट एक लाख ५ हजार ४ सय ७८ वटा परिक्षण भएको र पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ३ हजार २ सय ३८ र आरडिटि विधिबाट ३ हजार ४ सय ४४ वटा परिक्षण भएको जानकारी पनि देवकोटाले दिनुभयो ।
Categorized in राष्ट्रिय