arin enterprises

२८८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ हजार नाघ्यो

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ २०, मंगलबार

नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमितको संख्या २ हजार नाघेको छ । आज थप २८८ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ हजार नाघेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार नेपालभरीका विभिन्न ९ वटा प्रयोगशालामा गरिएको परिक्षणबाट सोमबार थप दुई सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप संक्रमण पुष्टि हुने २ सय ८८ जना संक्रमितमध्ये २७० जना पुरुष रहेका छन् भने १८ जना महिला हुन् ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या २ हजार ९९ पुगेको छ भने संक्रमणबाट सर्वाधिक प्रभावित ८९औँ मूलकु बन्न पुगेको छ ।

कुल संक्रमित संख्यामध्ये प्रदेश नम्बर एकको ९ वटा जिल्लामा एक सय ६८ जना संक्रमित छन भए भने प्रदेश २ का ८ वटै जिल्लामा संक्रमित संख्या ८ सय १६ जना छन् । 

त्यसैगरी बागमति प्रदेशका १२ जिल्लामा ५४ जना, गण्डकी प्रदेशका ७ जिल्लामा ३७ जना, प्रदेश ५ का ११ जिल्लामा ६ सय ९९ जना, कर्णाली प्रदेशका ५ जिल्लामा २ सय ५२ जना र सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा ७३ जना संक्रमित भइसके ।

देशका ७७ मध्ये आजसम्ममा ६१ जिल्लामा संक्रमण फैलिसकेको छ ।

संक्रमितमध्ये २ सय ६६ जना संक्रमितहरु उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो पटक देशका विभिन्न अस्पतालबाट ४५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

मृत्यु हुनेको संख्या भने ८ पुगेको छ ।

हाल एक हजार ८ सय २५ जना आइसोलेसनमा उपचाररत छन् ।

पिसीआर विधिबाट गरिएको परिक्षणको संख्या ७५ हजार ३ सय ४३ र आरडिटी विधिबाट परिक्षणको संख्या १ लाख १६ हजार ३ सय ४५ पुगेको छ । 

गत २४ घण्टाभित्र ३ हजार ४ सय ४० वटा पिसीआर विधिबाट र २ हजार ५ सय ८८ वटा आरडिटी विधिबाट परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय