संक्रमितको संख्या ११ हजार नाघ्यो
SamacharDesk – विकाश | २०७७ आषाढ ११, बिहिबार

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ३४ जना नयाँ संक्रमितहरु भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३ सय ८३ जना पुरुष र ४८ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।
नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ हजार एक सय ६२ पुगेको छ । तीमध्ये १० हजार २० पुरुषहरु छन् भने एक हजार एक सय ४२ जना महिला हुन् ।
कोरोना संक्रमण निको हुनेको संख्या दुई हजार ६ सय ५० पुगेको छ । पछिल्लो २४ घन्टामा थप ३ सय १२ जना संक्रमितहरु निको भई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।
देशभरमा आजसम्ममा पिसिआर विधिबाट १ लाख ९९ हजार ७ सय ३७ र आरडिटी विधिबाट २ लाख ८७ हजार ८ सय ६३ वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ६ हजार ५ सय ४३ र आरडिटी विधिबाट ४ हजार २ सय ४ वटा नमूनाहरुको परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७४ हजार २२ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ८ हजार ४ सय ८६ जना रहेको छ ।
हालसम्म यहाँ कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गइसकेको छ । हिजो राती स्याङ्जामा एक जना र आजै विहान मात्र ललितपुर महालक्ष्मीका एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय