arin enterprises

आज कहाँ कहाँ कति संक्रमित भेटिए

SamacharDesk – विकाश | २०७७ आषाढ ११, बिहिबार

आज देशका २२ वटा प्रयोगशालाहरुमा गरिएको परिक्षणमा जम्मा ४ सय ३४ जनामा संक्रमण भेटिएको छ ।

आज काठमाडौं उपत्यकाका तीनै शहर काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमित भेटिएका छन् ।

सबैभन्दा बढि संक्रमित पाल्पामा भेटिएका छन् । पाल्पामा मात्रै एक सय २२ जनामा संक्रमण देखिएको छ । त्यहाँ ७ महिला र एक सय १५ पुरुषमा संक्रमण देखियो ।

त्यसैगरी कन्चनपुरमा ६० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ११ जना महिला छन् भने ४९ जना पुरुष छन् । रौतहटमा ३८ पुरुष संक्रमित भेटिएका छन् । 

दैलेखमा २ महिला १७ पुरुष, बझाङमा ३ महिला र १५ पुरुष, सुर्खेतमा १३ पुरुष र अछाममा ४ महिला ९ पुरुषमा संक्रमण देखिएको छ । त्यसैगरी डडेलधुरामा एक जना महिला र ११ पुरुष संक्रमित देखिएका  छन् ।

साथै धनुषामा ९ पुरुष, तनहुँ २ महिला र ७ पुरुष गरी ९ जना, सप्तरीमा ८ पुरुष, बाजुरामा २ महिला र ६ पुरुष, नवलपरासीमा एक महिला र ७ पुरुषको नमूना परिक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।

प्यूठानमा २ महिला र ५ पुरुष, रुपन्देहीमा ४ महिला र ३ पुरुष, बर्दियामा एक महिला र ५ पुरुष, म्याग्दीमा एक महिला र ५ पुरुष र सुनसरीमा ४ पुरुष २ महिला संक्रमित भेटिएका छन् ।

सर्लाही र महोत्तरीमा ५/५ पुरुष, बाँकेमा ४ पुरुषको साथै भक्तपुरमा एक महिला र ३ पुरुष, काठमाडौंमा २ महिला र २ पुरुषमा समेत संक्रमण देखिएको छ ।

वैतडीमा ३ जना, ताप्लेजुङमा ३ जना र कैलालीमा ३ जना पुरुषहरुमा संक्रमण देखिएको छ । 

त्यस्तै, रामेछाप, गोरखा, ओखलढुङा, धादिङ, इलाम, जुम्ला, लमजुङ, बागलुङमा दुई/दुई जना पुरुषहरुमा र सिराहामा एक जना महिला र एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

झापा, मोरङ, बारा, डोल्पा, स्याङ्जा, रुकुम पूर्व, दार्चुला, कालिकोट, कास्की, सल्यान, दाङ, गुल्मी, खोटाङको साथै ललितपुरमा एक/एक जना पुरुषहरु संक्रमित देखिएका छन् ।

देशका ७७ जिल्लामध्ये अहिले रसुवा जिल्ला मात्रै संक्रमणमुक्त छ । अन्य जिल्लाहरुमा संक्रमण देखिसकेको छ ।

Categorized in राष्ट्रिय