arin enterprises

आज पनि ललितपुरमा एक महिलामा संक्रमण देखियो

SamacharDesk – विकाश | २०७७ आषाढ १४, आइतबार

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३ सय ५८ जना पुरुष र एक सय ५ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १२ हजार ७ सय ७२ पुगेको छ । तीमध्ये ११ हजार २ सय ९८ जना पुरुषहरु छन् भने एक हजार ४ सय ७४ जना महिला हुन् ।

आज पनि काठमाडौं उपत्यकाभित्र संक्रमित भेटिएका छन् । पाटन अस्पतालमा गरिएको नमूना परिक्षणमा ललितपुरकी एक महिलामा संक्रमण देखिएको हो ।

बाजुरामा ४० महिला र ५५ पुरुष गरी ९५ जना संक्रमित देखिएका छन् । महोत्तरीमा ३ महिला र ५३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार १३ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १ सय ७९ जना संक्रमितहरु निको भई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

देशभरमा आजसम्ममा पिसिआर विधिबाट २ लाख १५ हजार ८ सय ३९ र आरडिटी विधिबाट २ लाख ९६ हजार ७ सय ६६ वटा परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार ९ सय ६२ र आरडिटी विधिबाट २ हजार ७ सय ३२ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६१ हजार ७ सय ३१ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ९ हजार ७ सय ३१ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

Categorized in राष्ट्रिय