४७३ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित संख्या १४५१९
SamacharDesk – विकाश | २०७७ आषाढ १८, बिहिबार

पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का थप ४ सय ७३ जना नयाँ संक्रमितहरु भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक सय ९ जना महिला र ३ सय ६४ जना पुरुषमा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।
आज संक्रमण पुष्टि हुनेमा काठमाडौं उपत्यकामै ३२ जना रहेका छन् । काठमाडौंमा २८ जना र ललितपुर र भक्तपुरमा २/२ जना संक्रमित भेटिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५ सय १९ पुगेको छ । तीमध्ये एक हजार ८ सय ८३ जना महिला र १२ हजार ६ सय ३६ जना पुरुषहरु रहेका छन् ।
कोरोना संक्रमण निको हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ । पछिल्लो पटक ६ सय ६४ जना संक्रमितहरु निको भएर घर फर्केका छन् ।
देशभरमा आजसम्ममा पिसिआर विधिबाट २ लाख ३७ हजार ७ सय ६४ र आरडिटी विधिबाट ३ लाख ६ सय २० वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार ५ सय ३७ वटा नमूनाको परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दुई वटा प्रयोगशाला थप भई कोरोना संक्रमणको परिक्षण गर्ने प्रयोगशाला २५ वटा पुगेको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ३८ हजार एक सय ९ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या १० हजार एक सय ३७ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । म्याग्दीका ४९ दिने संक्रमित शिशुको हिजो साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो ।
Categorized in राष्ट्रिय