संक्रमितको संख्या १५ हजार नाघ्यो
SamacharDesk – विकाश | २०७७ आषाढ १९, शुक्रबार

पछिल्लो २४ घन्टामा थप ७ सय ४० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जम्मा ७ सय ४० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
कोरोना संक्रमण निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ । पछिल्लो पटक ८ सय २३ जना संक्रमितहरु निको भएर घर फर्केका छन् ।
देशभरमा आजसम्ममा पिसिआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ र आरडिटी विधिबाट ३ लाख ५ हजार ६ सय २९ वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार ४ सय ८३ वटा र आरडिटी विधिबाट ५ हजार ९ वटा नमूनाको परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ३५ हजार ४ सय ७२ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ९ हजार ८४ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । गत १७ गते मृत्यु हुने नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
