arin enterprises

२३२ जना संक्रमित थपिँदा २७२ निको

SamacharDesk – विकाश | २०७७ आषाढ २०, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ३२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ सय ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १५ हजार ४ सय ९१ पुगेको जनाएको छ ।

कोरोना संक्रमण निको हुनेको संख्या ६ हजार ४ सय १५ पुगेको छ । पछिल्लो पटक २ सय ७२ जना संक्रमितहरु निको भएर घर फर्केका छन् ।

आजसम्ममा पिसिआर विधिबाट २ लाख ४६ हजार २ सय ९७ र आरडिटी विधिबाट ३ लाख १० हजार ३ सय परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार ५० वटा र आरडिटी विधिबाट ४ हजार ६ सय ७१ नमूनाको परिक्षणहरु भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २२ हजार एक सय २५ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ९ हजार ४२ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । आजै दुई जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

Categorized in राष्ट्रिय