arin enterprises

२९३ नयाँ संक्रमित थप, कुल संख्या १५७८४

SamacharDesk – विकाश | २०७७ आषाढ २१, आइतबार

थप २ सय ९३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

प्रदेश एकमा ६९४, प्रदेश २ मा ४ हजार एक सय ६० जना र वागमती प्रदेशमा ५ सय ६३ जना संक्रमित भइसकेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा एक हजार एक सय ४२, प्रदेश ५ मा ३ हजार ९ सय ६८, कर्णाली प्रदेशमा एक हजार ५ सय ७९ र सुदुरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ पुगेका छन् ।

कोरोना संक्रमण निको हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ । पछिल्लो पटक एक सय ३२ जना संक्रमितहरु निको भएर घर फर्केका छन् ।

आजसम्ममा पिसिआर विधिबाट २ लाख ५१ हजार ७ र आरडिटी विधिबाट ३ लाख ११ हजार १ सय ४६ परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार ७ सय १० वटा र आरडिटी विधिबाट ८ सय ४६ नमूनाको परिक्षणहरु भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ३१ हजार ५ सय ७३ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ९ हजार २ सय ३ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ रहेको छ ।

Categorized in राष्ट्रिय