arin enterprises

१६ हजारको नजिक पुग्यो संक्रमित संख्या

SamacharDesk – विकाश | २०७७ आषाढ २२, सोमबार

नेपालमा थप एक सय ८० जनामा कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

प्रदेश एकमा ७ सय १०, प्रदेश २ मा ४ हजार एक सय ८४ जना र वागमती प्रदेशमा ६ सय ३९ जना संक्रमित भइसकेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा एक हजार एक सय ७५, प्रदेश ५ मा ३ हजार ९ सय ८४, कर्णाली प्रदेशमा एक हजार ५ सय ८१ र सुदुरपश्चिम प्रदेशमा ३ हजार ६ सय ९१ पुगेका छन् ।

कोरोना संक्रमण निको हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ । पछिल्लो पटक २ सय ६४ जना संक्रमितहरु निको भएका छन् ।

आजसम्ममा पिसिआर विधिबाट २ लाख ५५ हजार ७ सय २८ र आरडिटी विधिबाट ३ लाख ११ हजार ७ सय २४ परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार ७ सय २१ वटा र आरडिटी विधिबाट ५ सय ७८ नमूनाको परिक्षणहरु भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २९ हजार २ सय १५ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ९ हजार एक सय १८ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ । गत २१ गते मृत्यु हुने बागलुङका २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

Categorized in राष्ट्रिय