arin enterprises

आज पनि काठमाडौं उपत्यकामा २८ नयाँ संक्रमित देखिए

SamacharDesk – विकाश | २०७७ आषाढ २३, मंगलबार

आज पनि काठमाडौं उपत्यकामा थप २८ जना नयाँ संक्रमित भेटिएका छन् ।

देशका अन्य स्थानमा संक्रमण नियन्त्रण हुँदै गइरहँदा काठमाडौं उपत्यकामा भने संक्रमित संख्या बढ्दै गएको देखिएको छ ।

आज अद्यावधिक तथ्याङ्क अनुसार देशैभरीमा २ सय ४ जना नयाँ संक्रमित थप हुँदा काठमाडौंमा १४ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा १० जना र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकाभित्र हिजो पनि ५४ जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो २४ घन्टामा सबैभन्दा बढि बाजुरा जिल्लामा नयाँ संक्रमित भेटिएका छन् । बाजुरामा ५४ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी अछाम र वैतडीमा ११/११ जना, महोत्तरीमा ९ जना र धनुषा र अर्घाखाँचीमा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै, डोटीमा ७ जनामा, मोरङ र डडेलधुरामा ६/६ जनामा, रुकुमपश्चिम, नवलपरासी, सल्यानमा ५/५ जनामा, सप्तरीमा ४ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै सुनसरी, गोरखा, मकवानपुर, सर्लाही, दाङ र सुर्खेतमा ३/३ जना र तनहुँ, पाल्पा र बर्दियामा २/२ जना नयाँ संक्रमित भेटिएका छन् ।

झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, बागलुङ, कपिलवस्तु, रुकुमपूर्वमा एक/एक जना संक्रमित भेटिएका छन् ।

Categorized in राष्ट्रिय