आज २५५ नयाँ संक्रमित थपिए
SamacharDesk – विकाश | २०७७ आषाढ २४, बुधबार

नेपालमा २ सय ५५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
देशका २५ वटा कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप २ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय् जनाएको छ ।
आज थप भएको संख्यासँगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । पछिल्लो पटक २ सय ५३ जना संक्रमितहरु निको भएका छन् ।
आजसम्ममा पिसिआर विधिबाट २ लाख ६६ हजार ५ सय ५७ र आरडिटी विधिबाट ३ लाख १२ हजार ४ सय २ परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार ६ सय ९६ वटा नमूनाको परिक्षणहरु भएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २५ हजार ४० छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ८ हजार ६ सय ३६ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ रहेको छ ।
Categorized in राष्ट्रिय