११८ जना नयाँ संक्रमित थपिए
SamacharDesk – विकाश | २०७७ आषाढ २६, शुक्रबार

नेपालमा एक सय १८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
देशका २५ वटा कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप एक सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय् जनाएको छ ।
आज थप भएको संख्यासँगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ११ पुगेको छ । पछिल्लो पटक एक सय २० जना संक्रमितहरु निको भएका छन् ।
आजसम्ममा पिसिआर विधिबाट २ लाख ७५ हजार ९ सय ५१ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ४ हजार ८ सय ६ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २३ हजार ९ सय १० छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ८ हजार ६ सय ६ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ रहेको छ ।
Categorized in राष्ट्रिय