काठमाडौंमा दिनहुँ संक्रमित थपिँदै, आजै २८ जनामा पुष्टि
SamacharDesk – विकाश | २०७७ आषाढ २६, शुक्रबार

पछिल्ला दिनहरुमा लगातार रुपमै काठमाडौं उपत्यका भित्र संक्रमित थपि नै रहेका छन् । आज पनि काठमाडौं उपत्यकाका ३ वटै शहरमा संक्रमित भेटिएका छन् ।
आज थप हुने एक सय १८ नयाँ संक्रमितमध्ये सबैभन्दा बढि काठमाडौंमा २८ जना रहेका छन् । त्यसैगरी ललितपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सुर्खेतमा ११ जनामा संक्रमित भेटिँदा सर्लाही र तनहुँमा ८/८ जनामा संक्रमण पुष्टि भएको छ । गुल्मी ६ जना, धनुषा, पाल्पामा ४/४ जना र महोत्तरीमा ३ जनामा संक्रमण देखिएको छ ।
इलाम, पाँचथर, सिराहा, काभ्रेपलान्चोक, रौतहट, बागलुङ, नवलपरासी र दैलेखमा २/२ जना संक्रमित देखिएका छन् ।
रसुवा, डोटी, चितवन, बाँके, भक्तपुर, महोत्तरी, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुर, धादिङ, कैलाली, गोरखा, बाजुरा, डोल्पा र सल्यानमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।
आजसम्ममा १६ हजार ६ सय ४१ जना संक्रमित भएका छन् भने ८ हजार ११ निको भएका छन् । ३५ जना संक्रमितको भने मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय