arin enterprises

आज ७० जनामात्रै नयाँ संक्रमित थप

SamacharDesk – विकाश | २०७७ आषाढ २७, शनिबार

नेपालमा आज भने ७० जना मात्र नयाँ संक्रमित थप भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ७० जनासँगै नेपालमा कुल संक्रमित संख्या १६ हजार ७ सय १९ पुगेको जनाएको छ । 

कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ । पछिल्लो पटक ४ सय ३१ जना संक्रमितहरु निको भएका छन् ।

आजसम्ममा पिसिआर विधिबाट २ लाख ७९ हजार ५ सय ९९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ४८ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या २४ हजार ९७ छ भने आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ८ हजार २ सय ३९ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने ३८ पुगेको छ । आज एकैपल्ट ३ जना संक्रमितको मृत्युको पुष्टि मन्त्रालयले गरेको छ ।

Categorized in राष्ट्रिय